जेनजी आन्दोलनपछि ओली राजीनामा, सुन्धारामा प्रधानमन्त्रीको होडबाजी सुरु

काठमाडौँ भदौ २६ । जेनजी आन्दोलनले मुलुकको राजनीतिक समीकरण हल्लाइ दिएको छ। सोमबार र मंगलबारको तीव्र प्रदर्शन पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। त्यसपछि राजधानीको सुन्धारा क्षेत्रमा अनौठो दृश्य देखिएको छ—प्रधानमन्त्री बनाउने भीड।

बिहीबार बिहानैदेखि सुन्धारा अगाडि युवाहरूको ठूलो जमघट भएको छ। आ(आफ्नै पोस्टर र नारासहित उनीहरू विभिन्न सम्भावित अनुहारको समर्थनमा उत्रिएका छन्। कसैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई साहसिक नेतृत्वको प्रतीक  भन्दै अघि सारेका छन्, त कसैले कुलमान घिसिङलाई उज्यालोको संवाहक प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्। त्यति मात्र होइन, काठमाडौं महानगरका मेयर बालेन शाह पनि युवा समुहको रोजाइमा परेका छन्।

“देश शून्यतामा छ, अब पुराना नेताबाट केही हुँदैन,” भीडमा रहेका एक युवाले भने, “हामी अब नेतृत्व परिवर्तनको मात्रै होइन, सोच र अभ्यासको परिवर्तन चाहन्छौं।” राजीनामापछि राजनीतिक रिक्तता देखिए पनि जनता चुप छैनन्। खासगरी जेनजी पुस्ताका युवाहरू सक्रिय छन्—उनीहरू प्रतिनिधिमूलक लोकतन्त्रको विकल्प खोज्दै, नयाँ अनुहार र ऊर्जा बोकेका नेतृत्वको माग गरिरहेका छन्।

देशमा सत्ता खाली भएको हो या चेतना भरिएकोरु सुन्धाराको दृश्य हेर्दा उत्तर गाह्रो छैन।

प्रतिक्रिया
सम्बन्धित खवर