काठमाडौँ भदौ २५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले वृद्धि भई २ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ लगातारको मूल्य वृद्धिका कारण सुनचाँदी खरिद गर्ने उपभोक्तामा केही दबाव देखिएको छ भने व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारको मूल्य उतार–चढावलाई मूल्य वृद्धिको मुख्य कारण बताउँदै आएका छन्।
प्रतिक्रिया
