काठमाडौँ भदौ २५ । हाल मनसुनको न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा दक्षिणतिर सरेको हुँदा मुलुकका केही भूभागमा वर्षाको गतिविधि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी पहाडी र तराई भूभागहरूमा छिटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।
राति पनि यी प्रदेशहरूका पहाडी क्षेत्रहरूमा वर्षा जारी रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा तराई भूभागहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।
