आज कर्णाली र सुदूरपश्चिमका केही भागमा भारी वर्षा हुन सक्ने अनुमान

काठमाडौँ भदौ १५ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको र अरब सागरबाट जलवाष्पयुक्त हावा देशतर्फ प्रवाहित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप देशभर सामान्य बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने जोखिम पनि देखिएको छ।

आज राति पनि मौसम सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागहरूमा मध्यम वर्षा हुन सक्नेछ भने गण्डकी र सुदूरपश्चिमका एकदुई पहाडी ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम विभागले पहिरो, गेग्रान बहाव ९डेब्रिज फ्लो० तथा नदी–नालामा पानीको सतह बढ्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। साथै, ती क्षेत्रका यातायात तथा आवागमनमा अवरोध आउन सक्ने भएकाले पूर्वतयारी गर्न महाशाखाको सुझाव छ।

प्रतिक्रिया
सम्बन्धित खवर