मनसुन न्यून चापीय रेखा पूर्वमा उत्तरतर्फ र पश्चिममा सरदर स्थानमा केन्द्रित

काठमाडौँ भदौ १४ । हालको मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ र पश्चिममा सरदर स्थानको आसपास अवस्थित भएको छ, जसका कारण आज देशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ र केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुनसक्छ भने, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू–भागका थोरै स्थानहरूमा पनि वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर साधारणतया बदली रहनेछ र सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर