बस–माइक्रो दुर्घटना: ४ जनाको मृत्यु २३ जना घाइते

सुनसरी साउन २६ । सुनसरी जिल्लामा आज बिहान भएको भीषण सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

दुर्घटना भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आएको प्रदेश २ का नम्बर ०१९०१० ज ००४७ नम्बरको माइक्रोबस बीचको ठोक्किने क्रममा भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो कि, घटनास्थलमै तिन जनाको मृत्यु भएको र उपचारका क्रममा एक जनाको थप मृत्यु भएको छ।

घाइतेहरूको उपचार इनरुवा, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा भइरहेको छ। प्रहरीले बस चालक गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। अधिकारी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१ का हुन्। दुर्घटनाको कारण अझै पत्ता लगाउने काम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर