काठमाडौँ कार्तिक १३ । नागरिक उन्मुक्ति पार्टी नाउपा छोडेका रेशम चौधरीसहितका नेताहरू नयाँ दल “नागरिक उन्मुक्ति पार्टी, नेपाल” दर्ताका लागि बिहीबार निर्वाचन आयोग पुगेका छन्।
चौधरीसहित अन्य नेताहरू एउटै पोशाकमा आयोग पुगेका थिए र दल दर्ताका आवश्यक कागजात पेश गर्न लागेका छन्। नयाँ पार्टीको चुनाव चिन्हको रूपमा जाँतो माग गरिएको छ। यस अवसरमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी छोडेका अब्दुल खान पनि आयोगमा उपस्थित थिए। अब्दुलसँगै असोजको पहिलो साता थप पाँच जना केन्द्रीय नेताले जनमत पार्टी छोड्ने निर्णय गरिसकेको बताइएको छ।
टीकापुर घटनापछि भूमिगत राजनीति गर्दै भारी मतले चुनाव जितेका रेशमले आफैंको संरक्षणमा नयाँ पार्टी खोलेका हुन्। पछिल्लो समय राजनीतिक र पारिवारिक विवाद बढेपछि रेशम र उनकी पत्नी रञ्जिता श्रेष्ठ फरक–फरक समूहमा देखिन थालेका थिए।

Leave a Reply