पाँचथरमा भीषण सवारी दुर्घटना: ६ जनाको ज्यान गयो, ६ घाइते

पाँचथर असोज १८ । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन्।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानतर्फ जाँदै गरेको बोलेरो ९मे १ ज ३०५५ नम्बर० शनिबार दिउँसो करिब १२ बजे दुर्घटनामा परेको हो। बोलेरो सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

१२ यात्रु सवार, ६ को घटनास्थलमै मृत्यु
दुर्घटनाग्रस्त जिपमा चालकसहित १२ जना यात्रु सवार थिए। मृत्यु भएका ६ जनाको घटनास्थलमै निधन भएको हो भने अन्य ६ घाइतेलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी धरानतर्फ थप उपचारका लागि पठाइएको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइते तथा मृतकहरूको परिचय खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

उद्धार कार्य जारी
घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य अझै जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी खेमराज घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर