पर्साको छिपहरमाईमा एक युवक मृत अवस्थामा फेला

पर्सा असोज १७ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ स्थित जयमंगलापुर नजिकै एक युवक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।

२७ वर्षीय रमेश साह कानु नाम गरेका ती युवक झलमहिया र भिस्वा जोड्ने सडकखण्डको छेउमा रहेको पानी जमेको धान खेतमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलनजिकै भारतीय नम्बर प्लेट (BR-22 AL 12730) रहेको मोटरसाइकल पनि भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेतका अनुसार घटनास्थलको प्रारम्भिक अवलोकनमा मोटरसाइकलसहित पुलबाट खसेर मृत्यु भएको आशंका गरिएको छ। यद्यपि मृत्युको यकिन कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने उनले जानकारी दिए। इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरू गरिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर