जनकपुरधाम असोज ३ । महोत्तरीको बर्दिबास नगरपालिका ३ बाट आज बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सिराहाकी जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिराहाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार चौधरीलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको बताएको छ।
प्रतिक्रिया
