गृह मन्त्री अर्यालद्वारा प्रहरी अधिकृतलाई उच्च मनोबलका साथ सेवा गर्न निर्देशन

काठमाडौँ असोज २ । गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। आज बिहान जेएनजी आन्दोलनपछि क्षतिग्रस्त भएका काठमाडौँका केही प्रहरी कार्यालयको निरीक्षणपछि नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरूको ड्युटीमा सक्रिय रहँदै देशसेवा गर्न विश्वास व्यक्त गरे।

मन्त्री अर्यालले भने, “तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेमा सरकार पूर्ण विश्वस्त छ। यो सरकार उच्च मनोबल युक्त प्रहरी कर्मचारीको पक्षमा छ।” उनले आफू शाकाहारी र अहिंसावादी भएको स्मरण गराउँदै प्रहरीलाई पनि अहिंसात्मक शैलीमै कार्य गर्न निर्देशन दिएका छन्। गृहमन्त्रीको भर्चुअल ब्रिफिङमा देशभरिका प्रहरी कार्यालय प्रमुखहरू सहभागी थिए। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, मन्त्री अर्यालले प्रहरीका क्षतिग्रस्त भवनहरूको निरीक्षण गर्दै त्यसपछि प्रधान कार्यालय भ्रमण गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर