काठमाडौँ भदौ २६ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा असामान्य परिस्थितिका कारण छठपर्वपछि मात्र नियमित पठनपाठन सुरु हुने भएको छ। त्रिवि रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा भदौ २९, ३०, ३१, असोज १, २, ५ र कार्तिक ९ गते पठनपाठन बन्द गरिने र कार्तिक ११ गतेदेखि मात्र कक्षा सञ्चालनमा आउने जनाइएको छ।
कार्तिक १० गते देशभर छठपर्व परेको र त्यसपछि मात्र क्याम्पसमा पढाइ पुनः सुरु हुने जानकारी दिइएको छ। सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको विज्ञप्तिमा मुलुकभर विद्यमान असामान्य परिस्थिति र जेनजी आन्दोलनका कारण पठनपाठन ठप्प भएको उल्लेख छ। यस निर्णय अनुसार आगामी हिउँदे बिदाबाट केही दिन कटौती गरी विद्यार्थीहरूलाई निर्देशन दिइएको छ।
