काठमाडौँ भदौ २५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका पूरक परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ। बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगनको जानकारी दिएको हो।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पूर्वनिर्धारित तालिकाअनुसार भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको हो। परीक्षा बोर्डले भनेको छ, स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको अग्रिम सूचना दिई पछि प्रकाशित गरिनेछ।
यो निर्णयसँगै हजारौं परीक्षार्थीले अब नयाँ मिति घोषणा नआएसम्म तयारी स्थगित गर्नुपर्ने अवस्था आएको छ।
