प्रचण्डको चेतावनी: ‘युवाको आवाज सुन्नुहोस्, ढिला नगर्नुहोस्’

काठमाडौँ भदौ २३ । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले जेनजी युवाहरूले उठाएका मागहरूलाई “न्यायोचित” भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्डले, जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै भने, “युवाहरूले उठाएका मागहरू पूर्ण रूपमा जायज छन्। म सरकारसँग ती मागहरू तत्काल पूरा गर्न आग्रह गर्दछु।”

शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोगप्रति आपत्ति

साथै, प्रचण्डले सोमबार नयाँ बानेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको बल प्रयोगप्रति पनि गम्भीर आपत्ति जनाएका छन्। उनले भने, “प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ७०–८० जना घाइते भएको खबर आएको छ। एक जनाको मृत्यु पनि भएको बताइएको छ। म त्यसको वास्तविकता सार्वजनिक गर्न माग गर्दछु।”

घाइतेको निःशुल्क उपचारको माग

प्रचण्डले घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

राजनीतिक समर्थनले बढ्यो आन्दोलनको प्रभाव

प्रचण्डको यस्तो धारणा सार्वजनिक रूपमा आउँदा, स्वतःस्फूर्त रूपमा भइरहेको जेनजी आन्दोलनले राजनीतिक तहमा पनि प्रभाव पार्न थालेको संकेत देखिएको छ। आन्दोलनको स्वरलाई दबाउने प्रयासभन्दा सुन्ने र सम्बोधन गर्ने प्रयासमा सरकार लाग्नुपर्ने धारणा प्रचण्डको सन्देशबाट प्रष्ट हुन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर