काठमाडौँ भदौ १८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको कारण देशभर मौसममा परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
बुधबार राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, तराई र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले भारी वर्षाका कारण पहिरो, डेब्रिज फ्लो ९गेग्रान बहाव०को जोखिम बढ्ने, नदीनाला र खोलाहरूमा पानीको सतह उच्च हुने, तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिँदै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।
