आज देशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ भदौ १२ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय छ र बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा बदली रहेको र बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने छ। साथै, यी प्रदेशका तराई क्षेत्र तथा पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।महाशाखाले पहिरो, गेग्रान बहाव डेब्रिज फ्लो र नदी नालामा पानीको सतह बढ्ने जोखिम भएकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर