मौसम महाशाखाको चेतावनी: आज केही पहाडी र तराईमा वर्षा हुन सक्ने

काठमाडौँ भदौ ११ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका पहाडी भागका केही ठाउँमा र तराईका थोरै भागमा मध्यम वर्षा हुने सम्भावना जनाएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि छ।

आज राति कोशी, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा पानी पर्न सक्ने सम्भावना रहेको छ। यद्यपि गएराति देशका कुनै पनि ठाउँमा ठूलो पानी परेको थिएन। महाशाखाले आज र भोलि केही स्थानमा वर्षा हुने सम्भावना कायम रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर