आजको मौसम : मध्यम वर्षाले यी चार प्रदेश प्रभावित हुन सक्छन्

काठमाडौँ भदौ १० । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिण र पश्चिमतर्फ सरदर स्थानमा रहेको बताएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा, साथै कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशसहित तराईका एक(दुई स्थानमा मध्यम वर्षा हुन सक्ने संभावना छ।

राति पनि पहाडी भूभागमा सामान्य बदली रहने र कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर