यी स्थानहरूमा आज भारी वर्षासँग सतर्कता आवश्यक

काठमाडौँ भदौ ८ । मनसुनको न्यूनचापीय रेखा अहिले भारततर्फ सरकिएको छ भने नेपालमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव जारी छ। जल तथा मौसम विज्ञान विभागले आइतबार देशभरि सामान्यतया बदली रहने जनाएको छ।

मौसम पूर्वानुमानअनुसार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षासँगै केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। विशेष गरी बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका केही एक दुई स्थानमा भारी वर्षाको चेतावनी जारी गरिएको छ।

मधेस, कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रहरूमा आज हावाहुरीको सम्भावना समेत रहेको मौसमविद्हरूले बताएका छन्। देशका अन्य भू–भागहरूमा सामान्यतया बदली रहेको र मध्यम वर्षाको गतिविधि केही स्थानहरूमा देखिने अनुमान गरिएको छ। पछिल्लो २४ घन्टामा काठमाडौं बूढानीलकण्ठमा ६७.६, जाजरकोटमा ६२.६, रुकुमपश्चिम मुसिकोटमा ५७.२ र दार्चुलामा ५२ मिलिमिटर वर्षा भएको छ।

वायु तथा मौसम विभागले सावधानी अपनाउन र आवश्यक तयारी गर्न स्थानीयहरूलाई सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर