आज देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी पर्ने पूर्वानुमान

काठमाडौँ भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसममा सक्रियता देखिएको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावसँगै मनसुन प्रणाली थप सक्रिय हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज रातिको लागि पनि मौसममा उल्लेखनीय परिवर्तन देखिनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साधारण बदली, बाँकी भागमा आंशिक बदली रहनेछ।

यी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा, जबकि गण्डकी प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। महाशाखाले सम्भावित भारी वर्षाले पहिरो, बाढी र जलमग्नता जस्ता जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर