उड्ने कारको जादू! ‘नाडा अटो शो’ मा दर्शकहरूको अपार भीड

काठमाडौँ भदौ ३ । भृकुटीमण्डप, काठमाडौं – नेपालमा पहिलोपटक सार्वजनिक रुपमा प्रदर्शनीमा ल्याइएको उड्ने कारले १७ औँ ‘नाडा अटो शो’ मा विशेष आकर्षणको रुपमा दर्शक तानेको छ। मंगलबारदेखि सुरु भएको शोमा उड्ने कार अवलोकन गर्नका लागि दर्शकको उल्लेख्य भीड लागेको छ।

प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रविधिमा भएको तीव्र विकाससँगै नेपालले पनि अब उड्ने सवारीका युगमा प्रवेश गर्न लागेको संकेत दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर