नेपालमा हवाई ट्याक्सी युगको सुरुवात: २१ मिनेट उड्ने ड्रोन ट्याक्सी सार्वजनिक

काठमाडौँ भदौ ३ । नेपालको राजधानी काठमाडौंमा अहिले एउटा फरक खालको कौतुहलता देखिएको छ।भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा प्रदर्शनीमा राखिएको एउटा ‘उड्ने ट्याक्सी’ले दर्शकको ध्यान तानेको छ। तर यो केवल नयाँ गाडीको प्रदर्शन मात्र होइन—नेपालमा भविष्यको शहरी हवाई यातायात सम्भावनाको संकेत पनि हुन सक्छ।

चिनियाँ अटोमोबाइल कम्पनी चांगान र ई–हान टेक्नोलोजीको सहकार्यमा बनेको इलेक्ट्रिक उड्ने ट्याक्सी EH216 -Sअब नेपाल आइपुगेको छ। अत्याधुनिक प्रविधियुक्त यो सवारी साधन नेपाली बजारमा पहिलोपटक देखिएको हो, जुन एमएडब्लू वृद्धि अटोकर्पले भित्र्याएको हो।

भविष्यको सवारीस् धावनमार्गविहीन, पूर्ण स्वचालित

उड्ने ट्याक्सी, जसलाई प्रविधिक भाषामा इलेक्ट्रिक–भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ EVTOL भनिन्छ, धावनमार्ग आवश्यक नपर्ने स्वचालित हवाई सवारी हो। हेलिकप्टरजस्तै जमिनबाट सिधा माथि उड्छ र यत्तिकै सहज रूपमा अवतरण गर्छ।

यसमा प्रयोग गरिएका १६ वटा मोटर र १६ वटा प्रोपेलर पंखा ले न केवल स्थिर उडान सम्भव बनाउँछन्, तर यात्राको क्रममा मोटरमध्ये एक–दुई नचल्दा पनि अन्यले काम गरिरहन सक्छन्। उडानको बेलामा अगाडिको सवारीबाट जोगिन, चरा वा अवरोध टार्न ६ वटा क्यामरा र सेन्सरले ३६० डिग्री मोनिटरिङ गर्छन्।

पर्यटन र आकस्मिक सेवाको सम्भावना

यस ट्याक्सीको डिजाइन मुख्यतया शहरभित्र छोटो दूरीको हवाई यातायात र आपतकालीन सेवा लक्षित गरेर गरिएको हो। एक पटकको चार्जमा ३५ किमि सम्म उड्न सक्ने र २१ मिनेट लगातार उडान गर्न सक्ने यसको क्षमता छ। अधिकतम १३० किमी प्रतिघण्टाको गति र ३००० मिटरको उचाइ उडान क्षमताका साथ, यो सवारी निकट भविष्यमा पर्वतीय पर्यटन, मेडिकल इमर्जेन्सी ट्रान्सपोर्ट वा विभिन्न सरकारी एजेन्सीका विशेष कार्यका लागि उपयोगी हुन सक्छ।

चीनका केही पर्यटकीय केन्द्रहरूमा यो ट्याक्सी पहिले नै दृश्यावलोकनका लागि प्रयोग भइसकेको छ। नेपालका लागि पनि पोखरा, लुक्ला, घोडाघोडी, इलाम, गोरखा, मनाङ, मुस्ताङ जस्ता ठाउँहरूमा प्रयोग गर्ने सम्भावना भविष्यमा देखिन्छ।

नेपालमा कहिलेरु सम्भावना र सन्देह

हाल यो ट्याक्सी नेपालको बजारमा केवल प्रदर्शनीको आकर्षणका रूपमा आएको हो। यसको मूल्य भने ७–८ करोड रुपैयाँ पर्न सक्छ, जुन व्यक्तिगत प्रयोगका लागि असम्भवजस्तै छ। तर प्रविधिको मूल्य घट्ने क्रमलाई हेर्दा केही वर्षभित्र यस्ता उड्ने सवारीहरू पनि जनसाधारणको पहुँचमा आउने संकेतहरू मिल्न थालेका छन्।

यसबाहेक, नेपालजस्तो भौगोलिक चुनौतीपूर्ण देशमा जहाँ हवाई पहुँच अझै धेरै ठाउँमा पुग्न सकेको छैन, यस्ता सवारीले भविष्यमै एरियल मोबिलिटीू मा क्रान्ति ल्याउन सक्छन्। तर त्यसका लागि प्रविधि, नीति, सुरक्षा र पूर्वाधारको तयारी आवश्यक पर्छ।

टिपोटस् शोको केन्द्रबिन्दु बनेको उड्ने सपना

नाडा अटो शोका १७ संस्करणहरूमध्ये यो संस्करण निकै विशेष मानिएको छ। कार, बाइक, स्कुटर, लुब्रिकेन्ट्सदेखि इभी चार्जर र ब्याट्रीहरू सम्मको प्रदर्शनीबीच ‘उड्ने ट्याक्सी’ एक फरक आकर्षण बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको यो शो नेपालमा प्रविधिको उत्कर्ष हेर्ने एउटा झ्यालजस्तै बनेको छ।

नेपालमा सधैं ‘अब आयो अब आयो’ भनिने प्रविधिहरू अझै पूर्ण कार्यान्वयनमा आउन ढिलो हुने परिपाटी छ। तर यो उड्ने ट्याक्सीले त्यस अवधारणालाई चुनौती दिने प्रयास गर्न सक्छ। र, नेपालमा पनि एक दिन—ट्राफिक जाममाथि आकाशमा एयर ट्याक्सीु देख्न सक्ने सम्भावनाको संकेत दिइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर