प्रधानमन्त्री ओली: भ्रष्टाचार अन्त्यका लागि नैतिकता आवश्यक

काठमाडौँ साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्ण रूपमा समाप्त गर्न कानुन मात्र पर्याप्त नभएको, मानिसको आचरण र चरित्रमा सुधार आवश्यक रहेको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित डिजिटल फ्रेमवर्क २०२५ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “भ्रष्टाचार शून्यमा पुर्‍याउन सक्छौं, तर यो केवल कानुनको कडाइले मात्र सम्भव छैन। यसको लागि मानिसको आचरण, चरित्र र गुणस्तरमा वृद्धि गर्न जरुरी छ।” प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली सुधारेर गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। “शिक्षाले मानिसका राम्रो पक्षलाई विकास गरिदिनुपर्छ र नराम्रो पक्षलाई कम गर्न सहयोग गर्नुपर्छ,” उनले भने।

कानुनका साथै शिक्षा र सामाजिक जागरुकता आवश्यक

ओलीले कानुनले मात्र भ्रष्टाचार पत्ता लगाउन र कारबाही गर्न सक्ने भए पनि, लुकेर हुने भ्रष्टाचारलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन भनी चिन्ता व्यक्त गरे। उनले सामाजिक प्लेटफर्महरूमा सकारात्मक मार्गदर्शन र प्रविधिको सदुपयोग गरी देशको विकासमा योगदान दिन आग्रह गरे।

“आजको प्रधिवि र सामाजिक माध्यमलाई उपयोगी र सकारात्मक बाटोमा लग्न सके मात्र देश र जनताको विकास सम्भव छ,” ओलीले जोड दिए।

एआईसँग डराउनुपर्ने होइन

प्रधानमन्त्री ओलीले कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धमा पनि बोले, मानव मस्तिष्कभन्दा ठूलो कुरा अहिलेसम्म सिर्जना नभएको भन्दै एआईसँग डराउन नहुने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर