भारतले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न सहमति जनायो

काठमाडौँ साउन २७ । भारतले नेपालबाट थप २०० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ। योसँगै नेपालबाट भारतमा निर्यात हुने कुल विद्युत् १०११ मेगावाट पुगेको छ, जुन यसअगाडि ८१०.९ मेगावाट रहेको थियो।

नेपाल विद्युत प्राधिकरण नेपाले का अनुसार, नयाँ सहमतिसँगै भारतले ३१ अक्टोबर २०२५ सम्म २०० मेगावाट विद्युत खरिद गर्न स्वीकृति दिएको छ। नेपालले हाल पाँचवटा जलविद्युत आयोजना — लिखु–२, लिखु खोला–ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला–ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाउँदै आएको छ।

विद्युत् व्यापारमा नेपाल बंगलादेशसँग समेत सक्रिय रहेको छ। हाल बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भइरहेको छ। यसरी नेपाललाई विद्युत निर्यातका लागि कुल १०५०।९ मेगावाटको स्वीकृति प्राप्त भइसकेको छ।

प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०८१ र ८२ मा भारतलाई विद्युत् बिक्रीबाट मात्रै नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। बढ्दो निर्यातले नेपालको जलविद्युत क्षेत्रको सम्भावना उजागर गर्दै आएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर