धनुषामा लगातार पानी, प्रशासनले सतर्क रहन आग्रह गर्‍यो

जनकपुरधाम साउन २५ । आइतबार बिहान ६स्३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार, पछिल्लो ६ घण्टामा धनुषा र सर्लाहीका केही भागमा मध्यमदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार धनुषास्थित तुलसी वर्षामापन केन्द्र र सर्लाहीको परवानीपुर तथा आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको हो।

वर्षाका कारण स–साना खोलाहरूमा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन सुझाव दिएको छ। विशेष गरी नदी–नाला तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा सारिन समेत अनुरोध गरिएको छ।

विभागले अहिलेको मौसम प्रणालीलाई ध्यानमा राख्दै जोखिम क्षेत्रका बासिन्दाले आकस्मिक बाढी वा पहिरोको सम्भावनालाई नजिल्याउन सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर