मधेस र पहाडी क्षेत्रमा आज राति मध्यम वर्षाको सम्भावना

जनकपुरधाम साउन २२ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनको प्रभाव भने कायम रहेको तर पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको जनाएको छ।

महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मात्रै वर्षा पर्ने देखिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा ठूलो पानी पर्ने जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। आज राति पनि मधेश प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना कायम रहेको छ भने बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ।

कोशी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना विशेष ध्यान दिनुपर्ने अवस्था रहेको मौसम विभागले चेतावनी दिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर