धूलोमुक्त सडकले ल्याउने सुगमता र समृद्धि — अर्थमन्त्री पौडेल

काठमाडौँ साउन २१ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले धूलो र हिलोमुक्त सडक पूर्वाधार निर्माणमा खास ध्यान दिइरहेको जानकारी दिएका छन्। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री पौडेलले सडकको गुणस्तर सुधारका लागि उपयुक्त मोडेलको चयन गरी निर्माणमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पीसीसी वा आरसीसीमा जुन मोडल उपयुक्त हुन्छ, त्यस अनुसार जानेछौं।”

सडक पूर्वाधारलाई कनेक्टिभिटीका लागि पहिलो आवश्यकताका रूपमा मान्दै, सरकार यसलाई उच्च प्राथमिकतामा राखेको उनले बताए। साथै, भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रदर्शनीस्थल निर्माणका लागि बजेट छुट्याइसकेको र अहिले डिजाइनको तयारी भइरहेको जानकारी पनि उनले दिएका छन्। तीन वर्ष भित्र उक्त परियोजना सम्पन्न हुने उनको दाबी छ।

नाइमा एक्स्पोमा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् भने ३५ नयाँ सवारी साधनहरू सार्वजनिक हुने तयारीमा छन्। आजदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर