चार प्रदेशमा अविरल वर्षा, बाढी जोखिम बढ्ने चेतावनी

काठमाडौँ साउन २० । हाल देशभर मनसुनी वायु सक्रिय छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रमा अवस्थित छ। मंगलबार दिउँसो देशका धेरै ठाउँहरूमा बदली रहने छ भने कोशी र मधेश प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै बाँकी प्रदेशका धेरै ठाउँमा पनि वर्षा हुने अनुमान छ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँहरूमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा थोरै वर्षा पर्नेछ। लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा राति भारी वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई सतर्क रहन र वर्षासँग सम्बन्धित जोखिमहरूलाई मध्यनजर राख्न सुझाव दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर