मधेश–काठमाडौं द्रुतमार्ग : काम द्रुत गतिमा अगाडि

काठमाडौँ साउन १७ । राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक दृष्टिकोणले अति महत्त्वपूर्ण मानिएको काठमाडौं–तराईरमधेश द्रुतमार्ग ९फास्ट ट्र्याक० निर्माणमा हाल तीव्र गति देखिएको छ। लामो समयसम्म नीति, भूगोल र जग्गा विवादका कारण अल्झिएको आयोजनाले अब भने निर्माणको स्पष्ट गति लिएको नेपाली सेनाले जनाएको छ।

सेनाको प्रत्यक्ष व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनालाई आगामी २०८३ सालको चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, पछिल्लो प्रगति उत्साहजनक छ। आर्थिक वर्ष २०८१र८२ को अद्यावधिक विवरणअनुसार, द्रुतमार्ग आयोजनाको समष्टिगत भौतिक प्रगति ४२।१३ प्रतिशत पुगेको छ। वित्तीय प्रगति पनि उल्लेखनीय रूपमा ४४ प्रतिशत पुगेको छ ९मोविलाइजेसन सहित०।

आयोजनामा कुल १३ वटा निर्माण प्याकेज रहेका छन्। तीमध्ये प्याकेज नं। १ देखि १० सम्मका अधिकांश खण्डहरू निर्माणाधीन अवस्थामा छन् भने ११ नं। प्याकेजअन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण र सवारी व्यवस्थापन सम्बन्धी समन्वयको काम भइरहेको छ।

हालसम्म आयोजनामा ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको छ। यसमा जग्गा खरिदका लागि दिइएको १ अर्ब ६५ करोड पेश्की, निर्माण व्यवसायीलाई दिइएको ८२।३७ करोड र विद्युत प्राधिकरणका लागि प्रदान गरिएको ९।८१ करोड रुपैयाँको पेश्की तथा अन्य राजस्व दाखिलासमेत समावेश छ। यो विवरण अनुसार, आयोजनाको शुद्ध खर्च ७७ अर्ब ९७ करोड रहेको छ।

द्रुतमार्ग निर्माणसँगै काठमाडौं र तराईरमधेश क्षेत्रबीचको भौतिक दूरी मात्र होइन, सामाजिक र आर्थिक अन्तर पनि घट्ने अपेक्षा गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा निर्माण कार्य थप सक्रिय हुने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर