विद्युत् प्राधिकरण कर्मचारीको जनकपुरमा विरोध प्रदर्शन जारी

जनकपुरधाम साउन १३ । नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना माग अवमूल्यन भएको भन्दै मधेस प्रदेशमा चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा छन्।

मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। उनीहरूले दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा रूपान्तरण गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय लागू नहुँदा आन्दोलनरत रहेको बताएका छन्। मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रका अनुसार, “हामी शान्तिपूर्ण रूपमा हाम्रो माग राखिरहेका छौं, तर यदि माग पूरा भएन भने आन्दोलनलाई अझ सशक्त बनाउने योजना छ।”

केन्द्रीय संघर्ष समितिको निर्देशनअनुसार मधेसमा जारी धर्ना कार्यक्रम निरन्तरता पाइरहेको छ। देशभर दैनिक ज्यालादारीमा करिब २८ सय कर्मचारी कार्यरत छन्, जसमध्ये लगभग ४८० जनाको संख्या मधेस प्रदेशमा छ। कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन रोक्ने छैनन् भनी चेतावनी दिएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर