Blog

  • माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

    माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

    काठमाडौं– नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ ।

    माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनसहित खबरदारी सभा गर्न लागेको हो ।

    बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा हुने प्रदर्शन र खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने माओवादीको दाबी छ ।

    विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

    यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ ।

  • Steel Truss bridge over Tila River

    Steel Truss bridge over Tila River

    Jumla, Oct 26: A motorable steel truss bridge has been constructed over the Tila River located in Tila Rural Municipality-1. After the construction of the bridge, ward nos 6, 7, 8 and 9 of the Municipality have been connected to the road network.

    Ward Chair of Tila-6 Janga Bahadur Rokaya said that after the operation of the bridge 13 villages of the rural municipality have been connected to the national road network. It will be easy to transport daily consumables as well.

    Roads in the rural areas of ward had become useless for lack of bridge over the river. Passenger vehicles are no longer compelled to take the dangerous journey. After the bridge came into operation transportation services will reach the village. Motilal Rokaya, Chair of Tila Rural Municipality shared that this will be a huge relief for the local residents.
    The road division office said that the bridge was constructed at the cost of Rs 140 million. The bridge is eight meters wide and 55 meters long.

  • ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

    ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

    काठमाडौं- ऋचा घिमिरे ६० को दशककी स्थापित नायिका हुन् । त्यसबेला चर्चामा रहेका स्टार नायक कमै होलान्, जोसँग उनले काम गरेकी छैनन् ।

    हिरोइन बन्न चाहिने कथित न्यूनतम मापदण्ड ‘गोरो छाला’ उनीमा थिएन । तथापि कालो वर्णले उनलाई नायिका बन्न रोकेन ।

    उनी ‘हिरोइनको छाला गोरो हुनुपर्छ’ भन्ने पुरातनवादी मान्यता भत्काउने नायिका समेत हुन् । ऋचाले आफूलाई सिनेमावृतमा ‘ब्ल्याक ब्युटी’का रुपमा स्थापित गरिन् ।

    राजेश हमाल अभिनित फिल्मबाट उनले डेब्यू गरिन् । त्यसयता उनी १४ वर्ष सक्रियरुपमा अभिनय कर्ममा रहिन् । ६० को दशकको व्यस्त नायिकको नाम लिँदा उनी अग्रस्थामै आउँछिन् ।

    एसएलएसी दिएपछि बिदाको समयमा बाटोका भेटेका अपरिचित व्यक्तिको प्रस्तावले उनलाई मोडलिङ क्षेत्रमा डोर्‍यारो । सिरियलमा आउनुअघि उनी टेलिभिजनकी चर्चित होस्ट थिइन् । २० वर्षको उमेरमा फिल्ममा डेब्यू गर्दा उनीसँग तीन वर्ष टेलिसिरियलमा अभिनय गरेको अनुभव थियो ।

    तिनै ऋचा अहिले १० वर्षपछि फिल्म ‘तेल भिसा’बाट अभिनयमा कमब्याक गर्दैछिन् ।

    जानौं उनको मोडलिङदेखि कमब्याकसम्मको यात्रा :

    बाल्यकाल

    ऋचाका बुवाको पुर्ख्यौली घर जनकपुर हो । बुवा-आमा कामको सिलसिलाले काठमाडौंमै भएकाले उनको जन्म र हुर्काइ यतै भयो ।

    ऋचा दुई दाजुपछिकी कान्छी सन्तान हुन् । उनका बुवा सेफ र आमा शिक्षिका थिइन् ।

    बुवा-आमा काठमाडौं संघर्षमै रहेका कारण यहाँका विभिन्न स्थानका डेरामा उनको बाल्यकाल बित्यो ।

    उनी भन्छिन्, ‘डेरा सर्दा धेरै स्थानमा बसियो तर मलाई बाल्यकाल सम्झँदा नरदेवीको याद आउँछ । बाल्यकालको विशेष स्मरण नरदेवीकै छ ।’

    मध्यमवर्गीय परिवारमा जन्मिए पनि बुवा-आमाले दुःख–सुखले उनलाई सहज बाल्यकाल दिए ।

    आमा शिक्षिका एवम् मामाघरतिरकी उपल्लो अहोदाका जागिरे भएकाले उनलाई पढ्नैपर्छ भन्ने दबाब थियो । परिवारले काठमाडौं नाम चलेकै स्कुलमा पढ्ने अवसर पनि दिएको थियो । तर, आफ्नो पढाइ सामान्य रहेको उनी सुनाउँछिन् ।

    भन्छिन्, ‘म अरु विषयमा ठीकै थिएँ तर गणितमा कमजोर थिएँ । कतिपटक त गणितमा शून्य नै आएको पनि छ ।’

    गणितमा अनुत्तीर्ण हुँदा नृत्य र गायन कलाले कक्षा चढ्न सहयोग गरेको उनी सुनाउँछिन् । भन्छिन्, ‘मलाई सरले दुईवटा डान्स र एउटा गीत गाए कक्षा चढाइदिने सर्त राख्नुहुन्थ्यो । अनि मैले नाच्ने र गाउने गर्थेँ ।’

    यद्यपि चार कक्षामा पुगेपछि आमा र दाइले घरमा गाइड गरेपछि पढाइमा केही सुधार भएको उनी सुनाउँछिन् ।

    देखेको सपना र वास्तविकता

    ऋचाले बाल्यकालमा आफूलाई रुचि भएको र खुलेर गर्न पाएको कुरा नृत्य हो । उनलाई आजको मितिमा पनि लाग्छ कि- मेरो दख्खल पढाइमा भन्दा पनि नृत्यमै थियो ।

    किशोरावस्था नपुग्दै उनलाई आमाबाट नृत्यमा बञ्देज जस्तै भयो । त्यसबेला उनलाई आमाले भनेको कुरा सुनाउँछिन्, ‘नृत्यमा भविष्य छैन । राम्रो घरको छोरीले नाच्दैनन् ।’

    आमाले त्यसो भने पनि ऋचाले नाच्न भने छोडिनन् । भन्छिन्, ‘घरमा थाहा नदिई स्कुलमा हुने हरेक कार्यक्रममा नाच्थेँ।’

    त्यसबेला उनलाई आमाले नाच्न नदिँदा निकै रीस उठेको थियो । तर अहिले भन्छिन्, ‘आमाले त आफूले देखेको समाजको कुरा रहेछ । उहाँका तर्फबाट गलत त भन्नुभएको होइन रहेछ ।’

    किशोरावस्था प्रवेश गरेपछि ऋचामा चर्चित बन्ने इच्छा एकदमै हाबी भयो । आमालाई उनले पत्रकार बन्ने इच्छा पनि सुनाइन् । उनले आमाबाट ‘छोरीहरुलाई पत्रकारिता खतरा हुन्छ, बन्नु हुँदैन’ भन्ने जवाफ पाइन् ।

    एथलेटिक्स बन्ने उनको अर्को सपना पनि गर्भमै तुहियो । खेलाडी बन्छु भन्दा उनले आमाबाट जवाफ पाइन्, ‘खेलाडीको भविष्य छैन ।’

    ऋचामाथि आमाको एक मात्र अपेक्षा थियो- छोरीले सरकारी जागिर खानुपर्छ ।

    ऋचा भन्छिन्, ‘अहिले म आमा भएपछि बुझ्दै छु, किन आमाले त्यसो भन्नुभएको रहेछ भनेर । आमाले त मेरो भविष्य सुनिश्चित हुन्छ भनेर सरकारी जागिर खानुपर्छ भन्नुभएको रहेछ ।’

    नसोचेको अफर

    ऋचाले भन्छिन्, ‘मलाई सानैदेखि एसएलसीपछि आफ्ना लागि आफैँ कमाउनुपर्छ भन्ने थियो ।’

    उनले वि.सं. २०५५ एसएलसी दिइन् । संयोग पनि त्यस्तै पर्‍यो । आमाको खुट्टा ‘फ्याक्चर’ भयो । आमाको स्थानमा उनले पढाउने अवसर पाइन् ।

    उनी सम्झन्छिन्, ‘स्कुल चाबहिलमा थियो । स्कुल बस नभएकाले न्युरोडबाट ५-६ बच्चालाई ट्याक्सीमा हालेर लैजान्थेँ । उनीहरुलाई नै लिएर घर फर्कन्थेँ ।’

    उक्त जिम्मेवारी राम्रोसँग पूरा गरेका कारण आमा काममा फर्किए पनि स्कुलमा जागिर पाएको उनी सुनाउँछिन् ।

    एसएलसीको नतिजा आउन केही समय बाँकी नै थियो । स्कुल जानेक्रममा न्युरोडमा उनको एक व्यक्तिसँग भेट भयो ।

    ऋचालाई ती व्यक्तिले भने, ‘तपाईंको हाइट राम्रो रहेछ, मोडलिङ गर्ने ?’

    अपरिचित व्यक्तिले गरेको प्रस्ताव ऋचा किन स्वीकार गर्थिन् ? न त उनमा मोडल बन्ने सपना नै थियो । जवाफ फर्काइन्, ‘नाइँ मलाई मन छैन ।’

    दोस्रो पटक पनि ती व्यक्तिले उनलाई त्यही स्थानमा अफर गरे । पुनः अस्वीकार गरिन् ।

    साता-१० दिनको अन्तरालमा तेस्रोपटक अफर आयो ।

    ती व्यक्तिले तेस्रो पटक भने, ‘तपाईंमा सम्भावना देखेर नै मैले प्रस्ताव गरेको हुँ । हेर्न आउनुहोस्, तपाईं जस्तै साथीहरु रिहर्सल गरिरहेका छन् । तपाईंलाई यो क्षेत्रमा इच्छा लाग्न सक्छ ।’

    लगातार अफर आएपछि ऋचालाई सोच्न बाध्य बनायो । जान मन पनि लाग्यो । तर के हुने हो भन्ने डर पनि सँगसँगै पैदा भयो ।

    नाच्नसमेत मन नपराउने आमालाई उनले यो कुरा सेयर गर्न सकिनन् । साथी उषा थापासँग सल्लाह गरिन् ।

    उनलाई उषाले ‘गर्दा राम्रै होला’ भन्ने अपरिपक्व जवाफ दिए पनि रिहर्सलस्थल कमलादी जान भरोषा पाइन् ।

    ऋचा स्मरण गर्छिन्, ‘एक्लै जान त कहाँ के हो भन्ने भयो नि । रिहर्सल कस्तो हुने रहेछ भनेर हेर्न जान उषा नै साथी भइन् ।’

    ऋचालाई रिहर्सलले पहिलो पटक नै मोहित गरायो । रिहर्सलमा सहभागी भइन् । तर, शो नजिकिँदै गर्दा उनीमा संकट आइलाग्यो ।

    भन्छिन्, ‘घरमा भनेकै थिइनँ । थाहा नदिई शोमा र्‍याम्प वाक त गर्न मिलेन ।’

    तर, ऋचाले हिम्मत जुटाएर आमालाई शोको कुरा भनिन् । उनले आमा आफूले सोचेभन्दा बढी विचलित भएको पाइन् ।

    ‘आमाले छोरी अब मेरो बन्धनबाट बाहिर गइछ जस्तो प्रतिक्रिया दिनुभयो । उहाँ मैले सोचभन्दा बढी चिन्तित हुनुभयो,’ उनी सम्झन्छिन्, ‘पहिलो र अन्तिम यही हो, अब शो गर्दिनँ भनेँ । उहाँलाई शो हेर्न हिँड्नुभन्दा मान्नुभएन ।’

    शोमा अन्य मोडल साथीहरु सबैको परिवार आएको थियो । ऋचा एक्लै परिन्, मनमा चिसो पस्यो । तर, त्यसलाई ठूलोरुपमा लिइनन् ।

    घर फर्किएपछि आमाको प्रतिक्रियाले उनी आश्चर्यमा परिन् । आमाले उनलाई त्यसबेला भनेको टड्कारो याद छ, ‘तैंले राम्रो र्‍याम्प वाक गरेकी थिइस् ।’

    अर्थात् आमा र दाइ शो हेर्न आएको उनले घर पुगेपछि मात्र थाहा पाइन् । भन्छिन्, ‘उहाँहरु हेर्नचाहिँ आउनु भएछ तर मलाई भेट्नु भएन ।’

    यसरी सो शोका आयोजक मदन प्रधानले बाटोमा गरेको प्रस्तावले ऋचाको मोडलिङ यात्रा सुरु भयो । एउटा शोमा जोडिएपछि अन्यमा पनि उनले अवसर पाउन थालिन् ।

    भन्छिन्, ‘एउटा शोका लागि धेरै १५–२० मोडल चाहिन्छ । त्यो समयमा एउटा शोमा गएपछि मोडलकै सिफारिसमा अर्कोमा काम पाइन्थ्यो । त्यसरी नै मैले शोहरु पाउँदै गएँ ।’

    टेलिभिजनबाट चर्चित

    एसएलसीपछि ऋचालाई परिवारले साइन्स पढ्न दबाब दिएको थियो । गणित कमजोर भएकाले उनले मानिनन् । एकल जिद्दीले पत्रकारिता पढिन् ।

    ११ कक्षाको मध्यतिर उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘द कलेक्सन’का लागि ‘होस्ट’ खोजेको थाहा पाइन् र आवेदन दिइन् ।

    भन्छिन्, ‘पढाइसँगै सम्बन्धित क्षेत्र भएकाले मैले प्रयास्वरुप होस्टका लागि आवेदन दिएकी थिएँ । छनोट भएर काम पनि पाएँ ।’

    कार्यक्रम हिट भएकाले उनी ‘पपुलर’ भइन् । बाटो हिँड्दासमेत मान्छेहरुले चिन्न लागे । उनी भन्छिन्, ‘त्यसबेला सार्वजनिक यायातातकै प्रयोग गर्थेँ । तपाईं द कलेक्सनको ऋचा होइन भनेर मान्छेहरु बोल्न थाल्नुभयो ।’

    पपुलर भएकै कारण कलेजका प्रध्यानाध्यापकले बोलाएर ‘वी आर प्राउड अफ यू’ सम्म भनेको अहिले पनि उनको कानमा गुञ्जिरहन्छ ।

    त्यही कार्यक्रममा उनले चल्तीका निर्देशक, निर्माता र नायकहरुको अन्तर्वार्ता लिने अवसर पाइन् । अर्थात् उनको फिल्मीवृतका हस्तीसँग चिनजान भयो ।

    उनी थप्छिन्, ‘केही निर्माता र निर्देशकले फिल्ममा डेब्यू गराउँछु समेत भन्नुहुन्थ्यो ।’

    उक्त कार्यक्रममा पाएको फ्री टिकटले दिलिप रायमाझी र निरुता सिंह अभिनित फिल्म ‘दर्पण छायाँ’ हेर्न संयोग जुर्यो । जुन फिल्मले ऋचामा नायिका बन्ने सपना पैदा गरिदियो ।

    भन्छिन्, ‘फिल्म राम्रो भएर मलाई पनि अभिनय गर्न मन लाग्यो । केही व्यक्तिले फिल्ममा डेब्यू गराउँछु पनि भन्नुभएको थियो । अनि मलाई फिल्मप्रति थप उत्सुकता भयो । अवसर पाएँ भने खेल्छु भन्ने भयो ।’

    सिरिजमा अभिनय

    ऋचाले फिल्ममा डेब्यू गराउने आश्वासन त पाएकी थिइन् । लामो समय बित्दा पनि उनीसँग फिल्मको प्रस्ताव आएन ।

    बरु डान्स सिक्ने क्रममा टेलिसिरियलको अफर आयो । पहिलो सिरियल ‘दुई दिनको जिन्दगानी’मा जोडाउने जस उनी गोविन्द रायलाई दिन्छन् ।

    ‘म गोविन्द सरको इन्सिच्युटमा डान्स सिक्थेँ । उहाँलाई निर्देशक रमेश बुढाथोकीले सिरियलका लागि नयाँ कलाकार चाहियो भन्नुभएछ,’ उनी थप्छिन्, ‘अनि गोविन्द सरले मलाई उहाँसँग जोडाउनुभयो ।’

    पहिलो सिरियलमा उनले एक महिनाजति मात्रै काम गरिन् । त्यसलगत्तै १२ कक्षा पढ्दै गर्दा दोस्रो सिरियल ‘पुष्पाञ्जली’ जोडिइन् । त्यसपछि भने अभिनयमा उनको व्यस्तता बढ्यो । उनी सुनाउँछिन्, ‘मलाई एउटाभन्दा बढी सिरियल गर्न इच्छा थिएन । तर प्रस्ताव आएपछि के–के कुराले म सहमत भएँ ।’

    ऋचासँग दुईवटा सिरियलमा एकै पटक काम गरेको पनि अनुभव छ । ती सिरियलहरु हुन्– ‘पुष्पाञ्जली’ र ‘कसलाई भनौं आफ्नो’ । उनी भन्छिन्, ‘एक दिन एउटा र अर्को दिन अर्कै सिरियलको सुटिङमा जान्थेँ ।’

    तीन वर्ष सानो पर्दाका काम गर्दा उनले सबैभन्दा बढी समय दिएका सिरियल पनि यिनै हुन् ।

    फिल्ममा डेब्यू

    एकपछि अर्को सिरियलमा जोडिए पनि ऋचालाई फिचर फिल्ममा डेब्यू गर्नु थियो । डेब्यू गराउँछु भन्ने निर्देशकहरूले अरु नै नायिकलाई लिएर फिल्म बनाए । त्यसबेला उनलाई लागेको थियो, ‘उहाँहरुले बिर्सनुभएछ ।’

    साथीहरुलाई पनि उनको इच्छा फिल्म हो भन्ने थाहा थियो । मोडलिङका दौरान चिनेको साथी तनु खड्काकै सिफारिसमा उनले पहिलो फिल्ममा काम गर्ने अवसर पाइन् ।

    भन्छिन्, ‘तनुको दाइ बिमल खड्का फिल्मको प्रोडुसर हुनुहुदो रहेछ । उसैले दाइलाई भनिदिएर मैले फिल्म पाएको हो ।’

    उक्त फिल्म हो– तिम्रो माया ९९ मेरो माया १०० । जसमा ऋचाले राजेश हमाल, रमेश उप्रेती र विपना थापा सहकार्य गर्न पाइन् । उनी राजेश हमालको जोडीको भूमिका थिइन् ।

    तर, यो फिल्मका लागि कागजी सम्झौता गरेकै लगत्तै उनलाई पहिला ‘डेब्यू गराउँछु’ भनेर आश्वास दिने निर्देशकले फोन आयो । ती निर्देशकले फिल्ममा अनुबन्ध हुन प्रस्ताव गरे तर ऋचाले मानिन् ।

    भन्छिन्, ‘सम्झौता भएको फिल्ममा ठीकैको भूमिका थियो । पछि प्रस्ताव आएको फिल्ममा लिड रोल थियो । छायाङ्कन समय जुध्यो । तर सम्झौताबाट पछि हट्न मलाई मन लागेन । स्वार्थी बन्न मनले मानेन ।’

    उक्त फिल्म वि.सं ०५७ मा प्रदर्शनमा आएको थियो । त्यतिबेला उनी २० वर्षकी थिइन् ।

    ‘ब्ल्याक ब्युटी’को ट्याग

    ऋचाको सक्रियरुपमा फिल्ममा लाग्दा हिरोइनहरुको न्युन्तम मापदण्ड सेतो छाला हुनैपर्‍थ्यो । तर, उनी अपवाद थिइन् ।

    पुरातनवादी सोचले उनको कालो वर्णलाई राम्रो मान्दैन थियो । उनले आफ्नो परिचय ‘ब्ल्याक ब्युटी’का रुपमा स्थापित गरिन् ।

    यो परिचय उनलाई सन् २००७ मा सार्वजनिक भएको एक म्युजिक भिडियोले दिएको हो । त्यो गीतको बोल छ, ‘म त काली सुन्दरी चर्चा मेरो गाउँ भरी’ ।

    निर्देशक संगीता श्रेष्ठले सो गीतको प्रस्ताव ल्याउँदा आफू फिल्मको कामले निकै व्यस्त रहेको ऋचा किस्सा सुनाउँछिन् । तर, निर्देशक श्रेष्ठले ‘तिमीलाई नै हरेर गीत बनाएको’ भनेपछि उनी सुन्न बाध्य भइन् ।

    उनी थप्छिन्, ‘कालो छाला राम्रो होइन भन्ने पुरातनवादी सोचको विपरीत थियो त्यो गीत । शब्द एकदमै पावरफुल भएर मैले जति व्यस्त भए पनि यो गीतमा अभिनय गर्छु भनेकी थिएँ ।’

    सो गीत हिट बन्यो । त्यहीँबाट उनले ‘ब्ल्याक ब्यूटी’को ट्याग पाइन्, जसले उनलाई नायिकका रुपमा स्थापित हुनेसमेत सहयोग पुर्‍यायो ।

    फिल्म यात्राको १४ वर्षमा उनले फैसला, फर्ज, गिरफ्तार, फर्ज, छोडिगए पाप लाग्ला जस्ता त्यसबेलाका हिट फिल्ममा अभिनय गरिन् । यो अवधिमा २५ भन्दा बढी फिल्ममा अभिनय गर्न भ्याइन् ।

    उनले राजेश हमालको जोडी बनेर फिल्ममा डेब्यू गरिन् । त्यसबेला चल्तीका स्टार निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना, राजबल्लभ कोइराला लगायतसँग सहकार्य गरिन् ।

    विवाहपछि अमेरिका

    ऋचाको विवाह सन् २००९ को अन्तिममा निर्देशक शंकर घिमिरेसँग भयो । फिल्म ‘विष’को दौरान उनीहरुको भेट भएको हो ।

    विषका निर्देशक शंकर नै थिए । ऋचाका अनुसार त्यसबेला उनीहरुको सामान्य चिनजान मात्रै भएको थियो ।

    त्यसलगत्तैको फिल्म ‘वीरताको चिनो’मा ऋचाले पुनः शंकरसँगै काम गरिन् । यही फिल्मको सेटमा उनीहरूबीच प्रेम अंकुराएको हो ।

    भन्छिन्, ‘उहाँको मप्रतिको प्रेम छ भन्ने मैले पहिला नै महसुस गरेकी थिएँ । दोस्रो फिल्ममा उहाँको ममाथिको व्यवहार नै अभिभावकजस्तो थियो । त्यही कुराले म उहाँप्रति आकर्षित भएँ ।’

    विवाहपछिका केही वर्ष पनि ऋचा सक्रियरुपमा फिल्ममा लागिन् । सन् २०११ को अन्त्यतिर उनको फिल्म ‘ब्रेक फेल’ प्रदर्शनमा आयो । ‘ब्रेक फेल’अघि ऋचाको अभिनय रहेको फिल्म ‘तुलसी’ छायाङ्कन भइसकेको थियो तर प्रदर्शनमा आएको थिएन।

    उनी थप्छिन्, ‘पहिला तुलसी छायाङ्कन भएको हो । प्रदर्शनमा नआई शंकरजी र मैले ब्रेकफेलमा काम गर्यौं । दुई फिल्म तयार भएपछि कुन प्रदर्शन गर्ने भन्ने दुविधा भयो । कथा पुरानो हुने भएकाले ब्रेक फेल पहिला प्रदर्शन भयो ।’

    ऋचा ब्रेक फेलप्रति आशावादी थिइन् तर चलेन । त्यस फिल्मको शो बाडँफाँटको विषयलाई लिएर उनलाई अझै पनि असन्तुष्टि छ । भन्छिन्, ‘त्यस समय मलाई फिल्म क्षेत्रको फोहोरी राजनीतिले दिक्कै लगाएको थियो ।’

    विविध कारणले उनले फिल्मबाट केही समय विश्राम लिने निर्णय गरिन् । त्यही छेक उनले पहिलो सन्तानलाई जन्म दिइन् ।

    सन्तान जन्मिएपछि फिल्म ‘तुलसी’ लिएर विभिन्न देशमा पुगिन् । त्यी फिल्म लिएर निर्देशक श्रीमान् र एक सन्तानसहित उनी अमेरिका छिरेकी हुन् ।

    अमेरिकामा १० वर्ष

    सन् २०१४ मा देखि ऋचा अमेरिका बस्दै आएकी छन् । सो समय उनी फिल्मबाट टाढा रहिन् ।

    सन् २०१४ देखि ०१८ को समय उनले अमेरिकामै थप दुई सन्तालाई जन्म दिइन् । पारिवारिक र निजी समयकै कारण समय बितेको पत्तै नभएको उनी बताउँछिन् ।

    भन्छिन्, ‘तीन बच्चा हुर्काउँदा यसरी समय बित्यो कि मैले फिल्मबारे सोच्नसमेत भ्याइनँ । यो बेला नेपालमा कुन फिल्म बने, को हिरो र हिरोइन आए भन्नेसमेत मलाई थाहा भएन ।’

    सन् २०१८ बाट उनी अमेरिकामै काम गर्न थालिन् । उनले त्यहाँ पडकास्ट चलाउन थालिन्, जुन एप्पल पडकास्टबाट सार्वजनिक हुन्थ्यो ।

    भन्छिन्, ‘मेरो पडकास्ट बाहिरबाट अमेरिका आएका महिलाको संघर्ष र सफलतामा केन्द्रित थियो ।’

    पडकास्ट गर्दा उनलाई भिडियोमा देखिनुपर्छ भन्ने प्रतिक्रिया प्रशस्तै आउन थाले । उनी भन्छिन्, ‘म बच्चा भर्खरै जन्मिएकाले मोटी थिएँ । भिडियोमा देखिन तयार भएकै थिइनँ ।’

    अन्ततः उनलाई सिरिज बनाएर अभिनयमा फर्कने सोच आयो । एक लेखकलाई स्क्रिप्ट लेख्न पनि लगाइन् । तर, तयार स्क्रिप्टमा सिरिज बनाउँदा फिल्ममा जत्तिकै लगानी पर्ने देखियो । त्यसपछि उनलाई श्रीमानले भने, ‘बरु फिल्म नै बनाउँदा हुन्छ । किन सिरिज बनाउने ? आखिर लगानी उही हो ।’

    अनि बन्यो ‘तेल भिसा’

    सिरिजको स्क्रिप्ट थन्काएर शंकर फिल्ममा बनाउन कस्सिए । तेल भिसाको कथा विकास भयो ।

    उक्त फिल्ममा ऋचा प्रमुखमध्ये एक भूमिकामा देखिँदैछिन् । अहिले उनको कमब्याक फिल्मका रुपमा ‘तेल भिसा’लाई लिइएको छ ।

    मंसिर ७ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । शंकरको निर्देशन रहने यस फिल्ममा ऋचासहित विपीन कार्की, वर्षा राउत लगायतको अभिनय छ । फिल्मको ७० प्रतिशतभन्दा बढी छायाङ्कन अमेरिकामै भएको बताइएको छ ।

    अहिले ऋचा र शंकर फिल्म प्रदर्शनका लागि नेपालमा छन् । ऋचा फिल्मको प्रचारमा व्यस्त छिन् ।

  • प्रशिक्षक माउरिन्होले रातो कार्ड पाएको खेलमा फेनरबाकको म्यानचेस्टरसँग बराबरी

    प्रशिक्षक माउरिन्होले रातो कार्ड पाएको खेलमा फेनरबाकको म्यानचेस्टरसँग बराबरी

    काठमाडौं – प्रशिक्षक होसे माउरिन्होले रातो कार्ड पाएको युरोपा लिगको खेलमा उनको टोली फेनरबाकले कम ब्याक गर्दै म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी गरेको छ ।

    क्रिस्चियन इरिक्सनले यस सिजनको चौथो गोल गरे पछि युनाइटेडले १५ औ मिनेटमा अग्रता लिएको थियो ।

    फेनरबाकका लागि दोस्रो हाफको चौथो मिनेटमा एलान सेन्ट म्याक्सिमले नजिकैबाट गरेको क्रसमामा युसुफ एन नास्रीले हेड मार्फत गोल गरेका थिए । घरेलु भूमिमा भएको खेलमा पेनाल्टीको माग गर्दै रेफ्रीसँग विवाद गरेका कारण माउरिन्होलाई ६० औ मिनेटमा रातो कार्ड देखाइएको थियो ।

    युरोपा लिगका अन्य खेलमा लाजियोले ट्वान्टेलाई २–० ले, पोर्टोले होफेनफेनलाई २–०ले, बेसिकटासले ओलम्पिक लियोनलाई १–० तथा एथलेटिको क्लबले स्लाभिया प्रागलाई १–० ले हराए ।

    अन्य खेलमा एएस रोमाले डाइनामो किभलाई १–०, एन्डरलेगले लुगोृगरेट्सलाई २–०, आयाक्सले काराबागलाई ३–० तथा इन्रिच फ्रान्कफर्टले रिजास एफसीलाई १–० ले हराए ।

    फेरेनकाभोसले नाइसलाई १–०, रियल सोसिडाडले माकाबी तेल अभिभलाई २–१ ले हराए । मिट्जेल्यान्डले युनियन सेन्ट गिलोसीसँगको खेलमा १–० को जित हात पारेको थियो ।

  • माइतीघरमा रास्वपाको प्रदर्शन

    माइतीघरमा रास्वपाको प्रदर्शन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको छ । पोखरामा करिब सातासम्मको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको हो ।

    जिल्ला अदालत कास्कीले ठगी आरोपमा समातिएका पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अझै एक साता हिरासतमा राख्न अनुमति दिएसँगै पोखराको आन्दोलन तितरबितर भएको हो ।

    रविलाई पक्राउ गरेदेखि पोखरामा आन्दोलित रास्वपा नेता-कार्यकर्ता अब काठमाडौंकेन्द्रित आन्दोलनमा जुटेका हुन्। शुक्रबार रास्वपा सांसदहरू हरि ढकाल र विराजभक्त श्रेष्ठसहित माइतीघरको आन्दोलनमा देखिए ।

  • राजेन्द्र महतोको पार्टीको नाम फेरियो

    राजेन्द्र महतोको पार्टीको नाम फेरियो

    काठमाडौं । राजेन्द्र महतो नेतृत्वको पार्टीको नाम फेरिएको छ । निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता गर्न अस्वीकार गरेपछि महतोले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

    नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए । त्यसअनुसार आयोगमा निवेदन समेत दिएका थिए ।

    तर आयोगले क्रान्ति शब्द राख्न अस्वीकार गरेपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम राखिएको उनले बताए ।

  • कृषिमा १० बर्षे लगानी नीतिबारे कृषिमन्त्री सहित चेम्बरमा बृहत छलफल

    कृषिमा १० बर्षे लगानी नीतिबारे कृषिमन्त्री सहित चेम्बरमा बृहत छलफल

    कार्तिक ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० बर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० बर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका प्रतिनिधी सहित छलफल भएको थियो ।
    कार्यक्रममा कृषिमन्त्री रामनाथ अधिकारीले पहिलो चरणमा कम्तिमा जिविकोपार्जन हुने गरी कृषिखेती गर्नका लागि सरकारले सहजीकरण गर्ने बताए । कृषिमा आत्मनिर्भर हुने गरी अर्थतन्त्रको विकास र मुलुकलाई गरिवीबाट मुक्त गर्न सरकार प्रयासरत रहेको मन्त्री अधिकारीले बताए । कृषि क्षेत्रमा आश्रित नागरिकको संख्या बढाएर बाँझो जमिनलाई खेतियोग्य बनाउन आफुले प्रयास गरिरहेको मन्त्री अधिकारीको भनाई छ । उनले भने, ‘म आफैं पनि किसानको छोरो हुँ । कृषकको समस्याप्रति राम्रोसँग बुझेको छु, ।’
    कृषि क्षेत्रमा सरकारले दिने अनुदान र सहुलियत ऋण बास्तविक कृषकले पाउने गरी व्यवस्था मिलाउन आफु प्रयासरत रहेको मन्त्री अधिकारीले बताए । यस्तै कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि नीजि क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री अधिकारीको भनाई छ ।
    कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आफ्नो जमीन बाँझो राखेर झण्डै ३ खर्व रुपैयाँ हाराहारीमा कृषिजन्य बस्तुहरु आयात हुनु मुलुकका लागि दुर्भाग्यपुर्ण भएको बताए । अध्यक्ष अग्रवालले भने, ‘कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषिको योगदान र वृद्धिदर घट्नु भनेको आयात बढ्नु हो, ।’
    बजेटको अभाव र विनियोजित बजेट पनि प्रभावकारी ढंगले खर्च हुन नसक्ने परिपाटीका कारण कृषिमा अपेक्षा अनुसारको उपलव्धी हासिल हुन नसकेको अध्यक्ष अग्रवालको भनाई छ । सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा कृषि मल कारखानाको स्थापना गर्न नेपाल चेम्बर अफ कमर्स तयार रहेको अध्यक्ष अग्रवालले बताऐ । आत्मनिर्भर अर्थतन्त्र र खाद्य सुरक्षाका लागि धान, मकै गहुँ, आलु जस्ता कृषिजन्य उत्पादनको वृद्धि गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोडदिए ।
    चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले जग्गाको हदबन्दीका कारण व्यवसायिक कृषि गर्न नसकिएको बताऐ । उनले कृषिको आधुनीकिकरण र व्यवसायिकरणका लागि लगानी गर्न निजी क्षेत्र तयार रहेको तर सरकारको नीति झण्झटिलो रहेको टिप्पणी गरे । चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिका सभापति कृष्णमान श्रेष्ठले कृषिमा सरकारको नीति तथा कार्यक्रम र आम कृषकको वास्तविक समस्याबीच तालमेल हुन नसकेको बताऐ । लाखौं युवा विदेशमा पलायन हुने तर कृषि क्षेत्रमा दक्ष जनशक्ति नपाईने समस्याको अन्त्य गरिनुपर्ने सभापति श्रेष्ठको भनाई छ । कृषि उपजको बजारीकरण एवं मुल्य निर्धारणमा सरकारको उदासिनताले किसानहरु मर्कामा परेको श्रेष्ठले बताए । कृषिमा सिंचाई सुविधाको सिमितता, परम्परागत खेतीपद्धती, गुणस्तरीय मल विउको अभाव जस्ता कारणले उत्पादकत्व दिनप्रतिदिन घट्दै गएको श्रेष्ठले बताए ।
    कृषिसँग सम्वन्धित निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीले कृषि क्षेत्रको समस्याबारे मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । चेम्बरले कृषिमन्त्री अधिकारी समक्ष कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति सम्वन्धमा ३८ बुँदे सुझाव समेत पेश गरेको छ ।

  • Constitution amendment process moves on political consensus: Minister Lekhak

    Constitution amendment process moves on political consensus: Minister Lekhak

    Kathmandu, Oct 25: Home Minister Ramesh Lekhak has said the government was moving ahead successfully based on the performance and achievements made in the initial 100 days.
    Talking to media persons after a meeting of the ruling parties at Prime Minister’s residence, Baluwatar on Friday, Home Minister Lekhak said government was committed to reinforcing the constitutional provisions and ensuring more and more service to people for better livelihood.
    Government is working with attentiveness to address the plights of the people who lost relatives and property in the recent disasters. The ruling parties’ meeting also made the common pledges for the sake of people and country, he shared.
    According to him, it was a misleading rumour and baseless view to say that government will be changed. The present government is formed with majority, so there is no point in panicking.
    Home Minister Lekhak further viewed, “Constitution has adopted an inclusive system. We’ve fully adopted it. We will take ahead the process to amend constitution making it lively and dynamic.”
    The positive sides of the exercise of this constitution will be reviewed and political consensus made for amendment, according to him.
    Similarly, UML General Secretary Shankar Pokhrel said the seven parties- those in the government and supporting it- reviewed government’s performance in the last 100 days based on the common minimum programme. The government had achieved success in clearing the legal hurdles relating to the transitional justice which had been pending for long.
    Even the atmosphere for investment was created, thereby elating businesspersons, he claimed.
    The General Secretary made it clear that the investigation on the fraud relating to cooperatives fund was going on smoothly based on the report prepared by the parliamentary special committee.
    The meeting has requested all sides concerned to not act in a way that interferes with the investigation process, he informed.

  • रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

    रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

    गण्डकी, ९ कात्तिक : दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।

    सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताउनुभयो । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

    प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उहाँले जानकारी दिनुभयो । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

    यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

    उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

    सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

    राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

  • मुसा मार्न व्यस्त थारू समुदाय : मुसाको के-के परिकार बन्छ ?

    मुसा मार्न व्यस्त थारू समुदाय : मुसाको के-के परिकार बन्छ ?

    कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन्। उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए/नभएकोबारे जानकारी राख्छन्। मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन्।

    धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन्। फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन्। उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन्।

    राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै निस्कन्छन्। साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन्। थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन्।

    पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो। “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ।”

    धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन्। दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन्। “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ।”

    बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ। अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो। निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्यो। मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो। समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो। “एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउने गर्दथे”, उनी भन्छन्, “अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन्।”

    अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो। समूहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ। यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन्।

    थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने रामबहादुर चौधरीको भनाइ छ। चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन्।

    थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन्। यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ। पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए।

    हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागेपछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन्। शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ। थारू समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन्।

    थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको सिकार गर्ने गर्दछन्। सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन्। खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन्।

    पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन्। मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ। पहिलाजस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन्।

  • पूर्व मोडेल विलियम्सले लगाइन् ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप

    पूर्व मोडेल विलियम्सले लगाइन् ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप

    न्युयोक – स्पोर्ट्स एलुस्ट्रेडेकी पूर्व स्विम स्विट मोडल स्टेसी विलियम्सले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

    बिहीबार सिएनएनसँगको अन्तरवार्तामा विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा जेफ्री एप्सटेसनसँगै गएको समयमा ट्रम्पले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। त्यसको समयमा विलियम्स २० वर्षको उमेरको हाराहारी थिइन्।

    सिएनएनका सञ्चारकर्मीले यस घटनाका बारे विलियम्सका तीन साथीसँग कुरा गरेका थिए। उनीहरूले विलियम्सले यस कुरा २००६, २०१५ र २०१८ मा यो कुरा उनीहरूसँग राखेकी थिइन्। सन् १९९३ मा एप्सटनले विलियम्सलाई टावर घुम्न र ट्रम्पलाई भेटाउन लगेका थिए।

    ट्रम्पले विलियम्सलाई आफ्नै कार्यालयको बाहिर भेटेको तथा स्वागतको क्रममा हातमा समाएर तानेको आरोप विलियम्सको छ। विलियम्सले सोही समयमा ट्रम्पको गलत व्यवहार गरेको आरोप विलियम्सको छ।

    विलियम्सकै अनुसार सोही समयमा एप्सटन र ट्रम्प कुरा गरिरहेका थिए। ट्रम्पको हातको अवस्था त्यही थियो। दुवै मुस्कुराई रहेको आरोप विलियम्सको छ। ट्रम्प अभियानले भने यसको खण्डन गरेको छ। ट्रम्प अभियानले चुनावमा ट्रम्पलाई हराउने नियतले उनले यो आरोप लगाएको दाबी गरेको छ।

    विलियम्सले सो कुरा सुरुमा दिनमा आफ्ना श्रीमानलाई पनि भन्न डराएकी थिइन्। उनले इप्सटेनलाई पनि चिन्ने नजिकका साथीसँग सो कुरा भन्न चाहिरहेकी थिइन्। ट्रम्पले सो घटना भएको केही दिनपछि विलियम्सलाई कार्ड पठाउँदै नयाँ परियोजनाको लागि मोडलिङको अफर समेत गरेका थिए।

  • रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित

    रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित

    काठमाडौं– रिचार्लिसनले गरेको पेनाल्टी गोलमा टोटनहाम हस्टस्पर्सले युरोपा लिगको बिहीबार राती भएको खेलमा एजेड अल्कमारलाई १-० ले हराएको छ ।

    ५३ औ मिनेटमा मक्सिम डेकरले लुकास बर्गभाललाई पेनाल्टी बक्समा लडाए पछि टोटनहामले पेनाल्टी अवसर पाएको थियो । सो समयमा पेनाल्टी प्रहारको विषयमा कप्तान जेम्स मेडिसन र रिचार्लिसन बिच केही समय छलफल समेत भएको थियो ।

    रिचार्लिसन भर्खरै चोटबाट फर्केका कारण पहिलो गोलका लागि आत्मविश्वास आवश्यक रहेकाले मेडिसनले उनलाई अवसर दिएका थिए ।

    वेस्ट हामसँग गएको प्रिमियर सीप खेलमा खेलेका मध्य ९ खेलाडीलाई बिहीबारको खेलमा टोटनहामले खेलेको थिएन र यसै बिचमा स्विडेनका १८ वर्षीय बर्गभलको खेलबाट धेरै प्रभावित भएका थिए ।

    अर्को खेलमा रेन्जर्सले रोमानियाको क्लब एफसिएबीलाई ४-० ले हराएको छ । सन् २००७ यता रेन्जर्सले युरोपा लिगको खेलमा हात पारेको सबै भन्दा फराकिलो अन्तरको जित पनि हो ।