ओली–लेखकमाथि परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश नआउने

काठमाडौँ कार्तिक १४ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखकको राहदानी रोक्का तथा स्थानहद सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले कात्तिक १२ गते दायर गरेको रिटमा दुई नेताको राहदानी रोक्का र स्थानहद आदेशको विरोध गर्दै अन्तरिम आदेश मागिएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त माग अस्वीकार गर्दै ‘कारण देखाऊ आदेश’ जारी गर्ने निर्णय गरेको हो। अदालतले विपक्षी पक्षहरूलाई कारण देखाई जवाफ पेश गर्न आदेश दिँदै अन्तरिम आदेशको आवश्यकता नरहेको ठहर गरेको छ। यससँगै, ओली र लेखकको राहदानी रोक्का तथा स्थानहदसम्बन्धी विवादमा अब अदालतले विस्तृत सुनुवाइपछि मात्र अन्तिम निर्णय गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर