आइतबार बिहान ७ बजे जसपा नेपालको पत्रकार सम्मेलन


जनकपुरधाम, २५ असोज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आइतबार (भोलि) पत्रकार सम्मेलनको आयोजन गर्ने भएको छ ।

असोज २७ र २८ गते जनकपुरधाममा हुन लागेको प्रदेश अधिवेशनबारे जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजन गर्न लागेको हो । अधिवेशनबारे जानकारी गराउन जसपा नेपालका प्रदेश अध्यक्ष बालकिसोर यादवले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सम्पूर्ण सञ्चारकर्मीहरु उपस्थित भैदिन अध्यक्ष यादवले आग्रह गरेको छ ।

नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा बिहान ७ बजे पत्रकार सम्मेलन आयोजन गरिने प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ