काठमाडौँ भदौ ३ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्षसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए। पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव र विद्यादेवी भण्डारीको पनि समारोहमा उपस्थिति रहेको थियो। त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, झलनाथ खनाल तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत समारोहमा सहभागिता रहेको थियो।
कार्यक्रममा संविधान दिवसको महत्व, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकता र समृद्ध नेपालको लक्ष्यतर्फको यात्रा विषयमा सम्बोधन र छलफल भएको थियो।
