वीरगञ्जमा संविधान दिवस मनाउन संयुक्त लोकतान्त्रिक मोर्चाको कालो दिन प्रदर्शन

पर्सा असोज ३ । संविधान दिवसका अवसरमा मधेसी दलहरूले संविधान जारी भएको दिनलाई ‘कालो दिन’ घोषणा गर्दै वीरगञ्जमा विरोध कार्यक्रम सञ्चालन गरेका छन्। सात दलीय ‘संयुक्त लोकतान्त्रिक मोर्चा’ले संविधानले मधेसलाई दिएको अधिकार अपूरो र विभेदपूर्ण रहेको भन्दै हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।

मोर्चाका नेताहरूले घण्टाघरस्थित शहीद स्मारकमा मधेस आन्दोलनका शहीदहरूको सालिकमा माल्यार्पण गर्दै संविधानमा रहेका त्रुटीहरू सच्याउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले संविधान दिवसलाई अधिकार र पहिचानको अधुरो यात्राको सम्झना गर्दै उत्सव नभई ‘कालो दिन’को रूपमा मनाउनुपर्ने तर्क गरेका छन्। जनमत पार्टी अध्यक्ष राम नरश यादवले संविधान संशोधन वा पुनर्लेखन आवश्यक रहेको बताए। उनले भने, “संविधानमा त्रुटी छन्, जसलाई सच्याउनुपर्छ। संघीयता स्थापना भए तापनि जायज माग पूरा गराउन र छुटेका विषयहरू संसोधन गराउन संघर्ष जारी छ।”

यादवले मधेसी दलहरू सत्तामा गए पनि आवाज नछोड्ने बताए। “संसदमा र सडकमा दबाब जारी राख्दै हामी सहिदलाई सम्मान गर्दै असन्तुष्टिलाई जनमानसमा लैजान्छौं,” उनले भने। कार्यक्रममा जनमत पार्टीकी नेतृ करिमा बेगम, शशीकपुर मियाँ, निजामुदिन समानी लगायत सात दलीय मोर्चाका नेताहरूको उपस्थिति रहेको थियो। करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गरी समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। २०७२ साल असोज ३ गते वीरगञ्जमा संविधान जारी भएपछि लगाइएको कर्फ्यूमा मधेसी आन्दोलनरतले तोडफोड गरेपछि प्रहरी गोली चलाएको थियो। सो घटनामा पर्साको पाकाहामैनपुरका शत्रुधन पटेल मारिएका थिए भने अरू दुई घाइते भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ