सिके राउतलाई २४ घण्टे अल्टिमेटम: पदबाट राजीनामा दिन दबाब

जनकपुरधाम असोज १ । जनमत पार्टीभित्र गहिरिँदो असन्तोषबीच पार्टीका अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिइएको छ।

पार्टी उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ नेताहरूले बुधबार हस्ताक्षरित पत्रमार्फत राजीनामा माग गरेका हुन्। उनीहरूका अनुसार पार्टी नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, र जन अपेक्षाविपरीतका गतिविधिले पार्टीको विचार र उद्देश्य कमजोर बनाएको छ। राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा संघ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी संघ संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ