काठमाडौँ भदौ ३१ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने योजना सार्वजनिक गरेकी छन्। बीबीसी नेपालीसँगको अन्तर्वार्तामा उनले आन्दोलनको म्याण्डेटअनुसार यो आयोग आवश्यक रहेको उल्लेख गरिन्। उक्त आयोगले भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरी अर्को सरकारले सहज रूपमा काम गर्न सक्ने आधार तयार पार्नेछ।
प्रधानमन्त्री कार्कीले भनिन्, “कति भ्रष्टाचार भएको छ, कति अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर मात्रै कारबाहीसम्म पुर्याए सरकारले प्रभावकारी रूपमा काम गर्न सक्छ। हामी बाटो बनाउँदैछौं।” यसका साथै, उनले जेनजी आन्दोलनको दमन जाँचबुझका लागि तीन सस्यीय आयोग गठन गरिने जानकारी दिइन्। आयोगलाई काम पूरा गर्न सुरुमा एक महिनाको समय दिइनेछ भने आवश्यक परे थप १५ दिनको समय उपलब्ध गराइने छ।
प्रधानमन्त्री कार्कीको यो निर्णयले भ्रष्टाचार र अनियमितता नियन्त्रणमा ठोस कदम चालिने अपेक्षा गरिएको छ।
