जनकपुरधाम
मधेश प्रदेश सरकारले विभिन्न निकायहरुमा गर्ने गरेको नियुक्तीहरु विवादित बन्दै आएका छन । पछिल्लो पटक मधेश प्रदेश सरकारको गृह संचार तथा कानुन मन्त्रालयले गरेको नियुक्तीमा रकमको चलखेल भएको आरोप लगाइएको छ । योग्यता समेत नपुगेहरुलाई रकम लिएर नियुक्ती गरिएको दावि गरिएको छ ।
मधेश प्रदेश सरकारले नियुक्ती गरेको मिडिया काउन्सिलको नियुक्ती विवादि बनेको केही समय पछि चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड, मधेश प्रदेशका नवनियुक्त अध्यक्ष किशोर कुमार लेखीको नियुक्तिलाई लिएर चर्को आलोचना सुरु भएको छ । सिरहाका कलाकार लालकिशोर यादवले लेखीको नियुक्तिमा गम्भीर प्रश्न उठाउँदै पारदर्शिताको अभाव भएको टिप्पणी गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले लेखीको कलाकारितासम्बन्धी योग्यता र अनुभवप्रति शंका व्यक्त गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यिनी हुन् चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेश प्रदेशका नव नियुक्त अध्यक्ष किशोर कुमार लेखी। निजको कलाकारिताको बारेमा कस–कसलाई थाहा छ?’
यादवले अध्यक्ष लेखीको नियुक्तिमा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रभाव रहेको दाबी समेत गरेका छन्।
काउन्सिलको नियुक्तीमा करिब २२ लाखको चलखेल भएको समेत आरोप पार्टीमा मन्त्रीमाथि लागेको छ ।महोत्तरीको बर्दिवासमा समेत नेकपा एमालेको बैठकमा समेत मन्त्री लेखिको निकै आलोचना भएको थियो । प्रेस चौतारी नेपालका केही नेताहरूले मन्त्री लेखीले २२ लाख रुपैयाँ लिएर नियुक्ति गरेको आरोप लगाएका छन्। त्यस्तै अन्य निकायमा भएको नियुक्तीमा समेत करिब १५ लाख रुपैयाको चलखेल भएको छ ।यस अघि भएको जसपा नेतृत्वको सरकारले गरेको नियुक्तहरुमा सदस्य अध्यक्षहरुले निवेदन दिदा उनिहरुको नाम सार्वजनिक गर्ने गरिएको थियो । तर लेखिले गोप्य रुपमा समेत काम गर्दै आएका छन । अध्यक्षहरुमा कस ले निवेदन दिएको समेत सार्वजनिक नगरेर कसिमनमा कुरा मिलेपछि रातारात फाईलको निर्माण गरेर नियुक्ती गर्ने गरेका छन ।





