जनमत पार्टीका अन्तर्राष्ट्रिय भारतीय संगठकको सलाहकार जगतलाल मण्डलसहित ८० जनाले दिए सामूहिक राजीनामा

जनकनन्दनी खबर 
जनमत पार्टीका अन्तर्राष्ट्रिय भारतीय संगठकको सलाहकार रहिसकेका जगतलाल मण्डलले पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्। उनले आफ्नो राजीनामाबारे पार्टीका सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइएको बताएका छन्।

जगत लाल मण्डल लागायत रघुनाथ मण्डल ,विश्वनाथ मण्डल ,राम गुनेश ठाकुर ,राम जनाम ठाकुर ,अनिल मण्डल ,भोगेन्द्र कम्ती ,जिवछ मण्डल ,पालिक मण्डल राम किशोर गडेरी राजीनामा घोषणासँगै मण्डलले देशमा राष्ट्रियता, लोकतन्त्र तथा अर्थतन्त्रको संरक्षण र सुदृढीकरणका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाली जनताको आशा र भरोसाको केन्द्रमा रही स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सेवामा समर्पित रहने उल्लेख गरेका छन्।

मण्डल विगतमा जनमत पार्टीको केन्द्रीय तहमा रहेर सक्रिय भूमिका निर्वाह गरेका नेता हुन्। उनको राजीनामासँगै पार्टीका विभिन्न तहका गरी करिब ८० जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएको जानकारी प्राप्त भएको छ।

राजीनामा दिने नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक असन्तुष्टि, नीतिगत भिन्नता तथा संगठनात्मक कारणहरूबारे समेत असहमति जनाउँदै सामूहिक निर्णयमा पुगेको जनाएका छन्।

यस घटनाले जनमत पार्टीको आन्तरिक राजनीति र संगठनात्मक संरचनामा प्रभाव पार्ने देखिएको छ भने आगामी दिनमा राजीनामा दिएका नेताहरूको राजनीतिक कदमप्रति चासो बढेको छ।

जगत लाल मण्डल बिगत लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रूपमा लाग्दै आएका छन्। समाजका पिछडिएका, गरिब तथा असहाय वर्गको उत्थानका लागि उनले गर्दै आएको योगदान स्थानीय स्तरमा प्रशंसनीय मानिएको छ।

मण्डलले शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग, विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम, तथा प्राकृतिक विपद्का समयमा राहत सामग्री वितरणजस्ता कार्यमा उनी निरन्तर देखिँदै आएका छन्।

स्थानीयवासीहरूका अनुसार जगत लाल मण्डलले कुनै पनि सामाजिक कार्यमा जात, धर्म वा राजनीतिक आस्थाभन्दा माथि उठेर सबैलाई समान रूपमा सहयोग गर्ने गरेका छन्। “उहाँ सधैँ समाजका दुःखी–पीडितको पक्षमा उभिनुहुन्छ,” एक स्थानीयले बताए।

आफ्नो व्यक्तिगत समय र स्रोतसमेत समाज सेवामा खर्चिँदै आएका मण्डलले आगामी दिनहरूमा अझ प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित अघि बढिरहेका उनको योगदानले अन्य युवाहरूलाई पनि समाजसेवामा प्रेरणा दिएको देखिन्छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ