काठमाडौँ,२३पौष
जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि तीन जना उम्मेदवारको टुंगो लगाएको छ।जसपा नेपालका अनुसार मधेश प्रदेशबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्द्रकला साह र दलिततर्फ चमेलीदेवी दास लाई उम्मेदवार बनाइएको हो।
तीनै जना उम्मेदवारले जनकपुरस्थित निर्वाचन आयोगको कार्यालयमा आ–आफ्नो उम्मेदवारी दर्ता गराइसकेको पार्टीले जनाएको छ।यसैबीच, गठबन्धनका साझा उम्मेदवार महन्थ ठाकुरलाई जसपा नेपालले समर्थन गर्ने निर्णय गरेको छ।पार्टीले मधेश प्रदेशमा आफ्नो प्रभाव र प्रतिनिधित्व सुदृढ बनाउने उद्देश्यले उम्मेदवार चयन गरिएको जनाएको छ।





