नगराइन नगरपालिका,गंगुलीमा अवस्थित मिथिला अस्पताल प्रा.लि. ले यही पुस २२ गतेदेखि माघ ८ गतेसम्म विभिन्न स्वास्थ्य सेवामा विशेष छुटसहितको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ ।अस्पतालले उक्त अवधिभर निःशुल्क ओपीडी सेवा तथा नर्मल डेलिभरी पूर्ण रूपमा निःशुल्क गर्ने व्यवस्था मिलाएको छ । साथै, सर्जरी चार्जमा ५० प्रतिशत छुट, आकस्मिक कक्षमा भर्ना हुने बिरामीहरूको बेड चार्जमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा ५० प्रतिशत छुट तथा औषधि खरिदमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।त्यसैगरी, विपन्न तथा अपाङ्ग बिरामीहरूका लागि थप विशेष छुटको व्यवस्था समेत गरिएको छ ।मिथिला अस्पतालमा निम्न सेवा तथा सुविधाहरू २४ घण्टा उपलब्ध रहने अस्पताल प्रशासनले जानकारी दिएको छ :२४ घण्टा इमरजेन्सी सेवा,ओपीडी सेवा,बाल रोग सेवा,सर्जरी सेवा,स्त्री तथा प्रसूति सेवा,अर्थोपेडिक (हाडजोर्नी) सेवा,जेनरल मेडिसिन सेवा,दन्त चिकित्सा सेवा,आँखा चिकित्सा सेवा,२४ घण्टा फार्मेसी सेवा,२४ घण्टा एक्स–रे तथा अल्ट्रासाउण्ड सेवा,२४ घण्टा अत्याधुनिक ल्याब सुविधा अस्पतालले यस छुट योजनाबाट स्थानीय नागरिक, विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेको छ । सबैलाई यस अवसरको लाभ लिन अस्पतालले आग्रह गरेको छ ।





