फार्मेसी एसोसिएसन अफ नेपाल, धनुषामा निरज चयन

जनकपुरधाम ।
फार्मेसी एसोसिएसन अफ नेपाल (PhaN) धनुषा शाखाको पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट निरजकुमार मण्डल अध्यक्षमा निर्वाचित भएका छन्।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अरुणकुमार शाह, महासचिवमा सुदिपकुमार महतो, सचिवमा त्रिलोक कुमार साह तथा कोषाध्यक्षमा अजितकुमार ठाकुर निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यहरूमा संजिव महतो, राम ईश्वर, गुलाम मुस्तफा, विजय भगत, रविन्द्र कुमार महतो र रुपेशकुमार दास चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिले धनुषा जिल्लामा फार्मेसी क्षेत्रको व्यवसायिक हकहित, क्षमता विकास तथा सेवाको गुणस्तर अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ