बजाज एक्सचेन्ज महामेलामा जिते थाइलैण्ड ट्रीपको टिकेट

जनकपुरधाम ।
जनकपुरधाममा जारी बजाज एक्सचेन्ज महामेलामा एक जनाले थाइलैण्ड भ्रमणको टिकेट जित्न सफल भएका छन् । जनकपुरधामको रंगभूमि मैदानमा मंसिर १६ गतेदेखि मंसिर २२ गतेसम्म चल्ने सो एक्सचेन्ज महामेलामा ३ जना भाग्यशाली विजेताका लागि थाइलैण्ड भ्रमणको टिकेट पुरस्कारस्वरुप राखिएको ओम अटो जनकपुरधामका संचालक संतोष साहले बताए । जसमध्ये एकजना भाग्यशाली विजेताले महामेलाको तेस्रो दिन बिहिबार थाइलैण्ड ट्रीपको टिकेट जितेका छन् ।
बजाज एक्सचेन्ज महामेलामा १५० सीसीको पल्सर खरिद गरेका द्वारिका प्रसाद साहले लकी ड्र मार्फत थाइलैण्ड ट्रीप जित्न सफल भएको उनले बताए । बाँकी २ जना भाग्यशाली विजेताको नाम महामेलाको अन्मित दिन घोषणा गरिने ओम अटोका संचालक साहले बताए ।
महामेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल एक्सचेन्ज गर्न सकिने व्यवस्था राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर