एनपीएलमा पोखराको फिल्डिङ छनोट, काठमाडौँ ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो मुकाबिलामा पोखरा एभेन्जर्सले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। पछिल्लो खेलमै खेलेको संयोजनलाई निरन्तरता दिँदै पोखराले टिममा कुनै फेरबदल गरेको छैन।

काठमाडौँ गोल्डेन्सले भने एक परिवर्तन गरेको छ। आईएलटी–२० प्रतियोगिताका लागि दुबई फर्किएका जेरार्ड एरासमसको स्थानमा सन्नी पटेललाई प्लेइङ–११ मा समावेश गरिएको छ।

पाँच खेलबाट दुई जित र तीन हारसहित ४ अंक बटुलेको पोखराका लागि आजको खेल निकै निर्णायक मानिएको छ। यस खेलमा जित निकाले र त्यसपछि अन्तिम खेल पनि आफ्नो पक्षमा पार्न सके पोखराको प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ।

तर, पोखरा आज पराजित भएमा अधिकतम ६ अंकसम्म मात्र पुग्नेछ, जसले उनीहरूको प्लेअफ आशामा ठूलो धक्का पुर्‍याउनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर