उज्यालो नेपाल पार्टीले आज औपचारिक रूपमा आफ्नो अस्तित्व सार्वजनिक गर्दै घोषणा सभा आयोजना गरेको छ ।

ऊर्जा मन्त्री कुलमान घिसिङ स्वयं समारोहस्थलमा उपस्थित भई कार्यक्रमलाई सम्बोधन गर्ने तयारीमा रहेको जानकारी पार्टी निकट स्रोतले दिएको छ ।

पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको यस नयाँ राजनीतिक समूहको घोषणा कार्यक्रममा हरियो टोपी र हरियो झण्डा बोकेका समर्थकहरूको भीड देखिन्छ । पार्टीले चुनाव चिन्हका रूपमा चयन गरेको ‘बलिरहेको चिम’को ठूलो प्रतिकात्मक संरचना सभास्थलको प्रवेशद्वारमै सजाइएकाले कार्यक्रम स्थल झन् आकर्षक बनेको छ ।

घोषणा सभामा सहभागी हुन ऊर्जा मन्त्री घिसिङ केही बेरअघि मात्र पुगेका छन्, जसले कार्यक्रममा थप उत्साह चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर