मधेस प्रदेश सरकार गठन विवाद मुद्दाकाे सुनुवाइ सकियो

काठमाडौँ ।
मधेस प्रदेश सरकार गठन विवाद मुद्दामा सुनुवाइ सकिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।
बिहीबारदेखि सुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिँदै आएको थियो ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुई वटा सार्वजनिक सरोकारका र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरूले रिट दर्ता गरेका थिए ।
तीन वटै रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर