थाइरो केयर प्रा.ली. द्वारा धमौरामा एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम । थाइरो केयर प्रा.ली. जनकपुरधामद्वारा बलवा नगरपालिका–११, धमौरा स्थित रोजा बजार स्वास्थ्य चौकी परिसरमा आयोजित एकदिवसीय निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।शिविरमा १५० भन्दा बढी स्थानीयवासीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। डा. ब्रिजमोहन रजक (MBBS, MD – गाइनोलोजिस्ट) र डा. अस्मिता रजक (MBBS, MD – IVF स्पेसलिस्ट) ले शिविरभरि सर्वसाधारणको जाँचसहित आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा बलवा नगरपालिकाका नगरप्रमुख राम विजय महतो तथा वडा नम्बर ११ का वडा अध्यक्ष अशोक कुमार यादव ले स्वास्थ्य शिविर सफल बनाउन सहयोग पुर्‍याएको चिकित्सक टोली तथा आयोजक संस्थालाई सम्मान गरेका थिए।थाइरो केयर प्रा.ली.का सञ्चालक सुनिल कुमार मण्डलले आगामी दिनमा पनि विकट तथा पहुँचविहीन बस्तीहरूमा हरेक शनिबार नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।स्थानीयवासीहरूका अनुसार निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर