कक्षा १२ पूरक परीक्षाको नतिजा: आधिकारिक वेबसाइटमा उपलब्ध

काठमाडौँ कार्तिक २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डको आज बसेको बैठकले नतिजा घोषणा गर्दै परीक्षा परिणाममा ७३.४१ प्रतिशत विद्यार्थी अर्थात् ७६,३६७ जना उत्तीर्ण भएको जानकारी दिएको छ। गत असोज ७ र ८ गते भएको परीक्षामा १,०४,०२६ जना विद्यार्थी सहभागी थिए।

परीक्षाफल हेर्न इच्छुक विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट र नेपाल टेलिकमको पोर्टलमार्फत नतिजा जाँच गर्न सक्नेछन्। साथै, SMS सेवा प्रयोग गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर