“आलमको निधनमा कांग्रेसका सबै कार्यालय आइतबार बन्द

काठमाडौँ कार्तिक २२ । पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहम्मद आफ्ताव आलमको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसले आइतबार पार्टीका सबै तहका कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले यस निर्णय गरेको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकले तीन दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने व्यवस्था पनि तय गरेको छ। आलमको ६३ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको हो। रौतहटका पूर्वसभापति आलमले कांग्रेसमा लामो समय सेवा दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर