‘एकतामार्फत नयाँ युगको सुरुवात’– प्रचण्डको टिप्पणी

काठमाडौँ कार्तिक १९ । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वटा कम्युनिस्ट घटकबीच भएको एकतालाई नेपाली राजनीतिक इतिहासको अविस्मरणीय क्षणका रूपमा व्याख्या गरेका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै प्रचण्डले भने, “आजको दिन कसैले मेटाएर मेट्न सक्दैन। सबै घटकहरू एउटै विचारमा उभिएका छन्, देशका समस्या समाधान गर्न सक्ने आत्मविश्वास बढेको छ।”

उनका अनुसार यो एकता केवल दलगत उद्देश्यका लागि नभई देशको संकट समाधानका निम्ति भएको ऐतिहासिक कदम हो। “अघिल्लो पटक दुई घटकबीच एकता भएको थियो, तर १० घटकबीचको एकता पहिलोपटक हो,” उनले भने।

प्रचण्डले डिजिटल प्लेटफर्ममार्फत युवा पुस्ता जेनजी ले उठाएको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरूको भावना आत्मसात गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर